सडकमार्ग नै उपयुक्त

कान्तिपुर संवाददाता

विकासको सवाल आफैमा राम्रो र स्वागतयोग्य भए पनि सरकारले विकास प्राथमिकताको पहिचान गर्न आवश्यक छ  । अझै सबै जिल्लाका सदरमुकाममा सडक सञ्जालले जोडिएको छैन  ।

जिल्ला र गाउँतिर कच्ची सडकको विजोग छ । कच्ची सडकको जोखिमले कैयौं यात्रुले दुर्घटनामा परी ज्यान गुमाइरहेका छन् । विशेषगरी ग्रामीण भेगका सडकको अवस्था नाजुक छ । कतिपय ठाउँमा सहजै सडक मार्ग जोड्न सक्ने अवस्था भए पनि सडक नभएर पैदल हिँडन बाध्य छन्, जनता । हरेक जिल्लाका गाउँ–गाउँमा सडक विस्तार हुने हो भने गाउँका सुत्केरी वेथाले च्यापेकी नारीको हेलिकप्टरको पर्खाइमा ज्यान जाने थिएन होला । सडक नहुँदा हेलिकप्टर चढ्ने हैसियत नभएका दुर्गमका नागरिकको ज्यान त्यतिकै गइरहेको छ ।
सडक नभएर अहिले पनि खच्चर र हेलिकप्टरले केही जिल्लाका दुर्गम गाउँमा खाद्यान्न ढुवानी गरिराखेका छन् । यदि यस्ता दुर्गम गाउँमा सडक सञ्जालले जोड्ने हो भने सहजै खाद्यान्न लगायतका सामग्री ढुवानीमा सहज हुने र मूल्य पनि सस्तो पर्ने थियो । त्यसैले पहिलो प्राथमिकता सडक विस्तार र बिजुली उत्पादनलाई दिनु आवश्यक छ । पानीको तिर्खा वाइनले मेटिँंदैन । पानीको तिर्खा मेट्न पानी नै चाहिन्छ । ग्रामीण भेगका जनतालाई अहिले सडकमार्गको तिर्खा लोगेको छ । उनीहरूको सडकमार्गको तिर्खा रेलमार्गले नमेटिन सक्छ । त्यसैले सडकमार्गको तिर्खा मेट्न पहिले सडक नै बनाउन आवश्यक छ ।
– गोविन्द विक, बुढानीलकण्ठ नपा–१२, काठमाडौं

प्रकाशित : आश्विन ३०, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?