खेलमैदान बन्ने भय
मंगलबार प्रकाशित सुजित मैनालीको ‘सडक कि रेल’ पढेंँ । जुन तियानमेनचोकमा चीन सरकारले नरसंहार गर्यो, त्यही चोकमा आफ्नो ७० औं वार्षिकोत्सवको बेला राष्ट्रपति सी चिनफिङले हुंकार गरे ः ‘अब कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन ।
उनको हुंकार सही छ । उन्नाइसौं र बीसौं शताब्दीलाई बेलायत र अमेरिकाले कव्जा गरे । एक्काइसौं शताब्दीलाई चीनले कव्जा गर्ने पक्का छ । त्यसैको लागि उसले भारतलाई फकाइरहेको छ । भारत फकिन्छ वा फकिँदैन, हेर्न बाँकी छ । फकियो भने राहुल गान्धीले ठीकै भने भन्नुपर्ला । मोदीले ‘मेक इन्डिया’ होइन, ‘मेक चाइना’ बनाइरहेका छन् । पुरानो समयमा नेपालको व्यापार चीनसँग होइन, तिब्बतसँग थियो । तिब्बत एक स्वतन्त्र र सार्वभौम राष्ट्र थियो । भारतमा ससाना राष्ट्र थिए । तिब्बतसँग मतलव थिएन । अंग्रेजले हारे पनि नाथुलाबाट आफ्नो मतलव पूरा गरेरै छाडे । अहिले चीन त्यसमार्फत पनि भारत पुग्न सक्थ्यो । तर उसले नेपाललाई प्राथमिकता दियो । यही नेपालको शौभाग्य हो । सीले नेपाललाई पुल होइन, भूजडित बनाउने गहिरो कुरा गरेका छन् । पुलको मतलव पार गराउने साधनमात्र हो । बढी भारी भए भत्कान पनि सक्छ । भूजडितको मतलव विकाससँग जोडिएर आउँछ । अतः सबै नेपालीको चाहना विकासमात्र होस्, संसारभरिको खेल मैदानचाहिँ नबनोस् भन्ने हो ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज