न्याय नमरोस्

कान्तिपुर संवाददाता

‘सानालाई ऐन ठूलालाई चैन’ भइरहेको अवस्था छ  । कतिपय पीडित न्याय पर्खंदा–पर्खंदै न्याय नै नपाई मरिरहेका छन्  ।

अन्यायमा परेकालाई न्याय दिने काम न्यायमूर्तिहरूको हो । तर अहिले न्याय पैसामा किनबेच भएको छ । जोसँग पैसा छ, उसकै पक्षमा न्याय पनि बोल्छ । एउटा केश अदालतमा लड्नपर्‍यो भने लाखौंको खेल हुन्छ । सर्वसाधारणले त्यो पैसा कहाँबाट ल्याउने ? न्यायालयमा राजनीतिक भागबन्डा हुन्छ । न्यायाधीशहरू पार्टीको कोटामा नियुक्त भएका छन् । अनि त्यस्ता व्यक्तिले सर्वसाधारण नेपालीको चित्कार कसरी सुनुन् ? पद र शक्तिमा भएपछि जस्तोसुकै आपराधिक काम गरे पनि हुन्छ भन्ने उच्चपदस्थलाई कडा कारबाही गर्ने हो भने आउने दिन सबैजना सजग हुन्थे कि ? रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा गिरफ्तार निवर्तमान सभामुख कृष्णबहादुर महराको र रोशनीबीच सम्बन्ध के थियो ? के महरा पहिलोपटक रोशनीको घर गएका थिए ? पहिलो पटक भए केही छैन । होइन भने आजभन्दा अघि रोशनीको घरमा जाँदा यो घटना बाहिर किन आएन ? फेरि एक्कासी बाहिर किन आयो ? यो सब छानबिन हुनुपर्छ । न्याय नमरोस् । अन्यायमा परेकाले न्याय पाऊन् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : आश्विन ३०, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?