कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किंकर्तव्यविमूढ रोशनी

कान्तिपुर संवाददाता

आइतबार प्रकाशित डा. माधवी भट्टको ‘महरा प्रकरणमा महिला नेता किन मौन ?’ पढेँ  । यस सम्बन्धमा एउटा पुरानो कथा याद आयो  ।

एकजना महिलालाई हिंस्रकहरूको समूहले ढुंगा प्रहार गरेर मार्न खोजिरहेका थिए । त्यसैबेला एकजना सन्त त्यही बाटो भएर जाँदै थिए । उनले मार्ने कारण सोधेपछि सबैले ती महिला पापिनी हो, पाप गरेकी छ भने । सन्तले भने– त्यसोभए तपाईंहरूमध्ये त्यही व्यक्तिले ढुंगा प्रहार गर्नु, जसले कुनै पनि पाप गरेको छैन । सबैका हात रोकिए । ती मानिस आजका मानिसभन्दा बढी सत्यको नजिक थिए । आज कसैको हात रोकिने छैन । पुरुषवादी समाजतिर सबै महिला धनुषकाँड तेर्साएर बसेका छन् । त्यसैले उच्च ओहदामा पुगेका जनप्रतिष्ठित व्यक्तिले ससानो कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । उनले जनताको अपेक्षा पूरा गर्नुछ । महराको त सानो होइन, बहुतै ठूलो कुरा हो । महराले त्यो अपेक्षा पूरा गर्न सकेनन् । उनले गम्भीर अपराध गरेका छन्, यसमा कुनै सन्देह छैन । महिला नेतृहरूले नबोलेको एउटा कारण ‘व्याकफायर’को डर त हुँदै हो । तर रोशनी शाहीले कुनै गम्भीर गल्ती गरेकी छन् जस्तो मलाई लाग्दैन । उनी यस घटनामा जिब्रो टोक्ने स्थितिमा पुगेकी छन् । कथावाचक ब्राह्मणले नै रुखमुनि शौच गरेका छन् । उनी किंकर्तव्यविमूढ भएकी हुन् ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : आश्विन २८, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?