ढिलै भए पनि न्यायको आस

कान्तिपुर संवाददाता

‘१२ वर्षपछि बम विस्फोटका आरोपित आलम पक्राउ र आरोपित माननीयहरू’ समाचार पढ्न पाउँदा अझै मेरो देशमा थोरै भए पनि न्याय मरेको रहेनछ भन्ने आस पलाएको छ  । विभिन्न अपराध गरेर देशको सर्वोच्च पदमा पुग्नेहरूबाट हामीले के अपेक्षा गर्ने ? मनमा थुप्रै पश्न उब्जाएको छ  ।

यस्ता अपराध गरेर देशको र जनताको सेवा गर्छु भन्नु आफैमा लज्जास्पद हो । यस्तालाई राजनीतिक संरक्षणमा ठूला पद दिनु गलत हो । किनकि जब कुनै व्यक्तिमाथि अपराधको आरोप लगाइन्छ, तत्काल छानबिन गरी वास्तविकता के हो, स्पष्ट पार्न सक्नुपर्छ । देश बनाउने अठोटसाथ जनताको मत लिएर आउने अनि अपराध गरी जनताले तिरेको करमा रमाउने छुट कसैलाई हुनुहुँदैन । न्याय, कानुन सबैलाई बराबर हुनुपर्छ । सामान्य नागरिकले सानो गल्ती गर्दा मुद्दा चलाउने र ठूला पदमा बसेकाहरूले गल्ती गर्दा कुनै कारबाही नहुँदा आम नागरिकमा शंका उत्पन्न भएको छ । ‘सानालाई ऐन,
ठूलालाई चैन’ भएको हो कि भन्ने पनि परेको छ । अपराध गरेको भनी आरोपितलाई राजनीतिक दलहरूले निर्वाचनमा उम्मेदवार बनाउनु हुँदैन । यदि राजनीतिक दलहरूले शक्तिको आडमा उम्मेदवार बनाएको खण्डमा सबै मिलेर उनीहरूलाई पराजित गर्नुपर्छ । सम्मानित पदमा बसेर कसैको बलात्कार गर्ने, कसैलाई रातो पासपोर्ट बेच्ने, कसैको हत्या गर्नेलाई सख्त कारबाही हुनुपर्छ । त्यस्तालाई तुरुन्त पदबाट बर्खास्त गरी कारबाही गर्नुपर्छ ।
– चन्द्रप्रसाद खनाल, लम्की, कैलाली

प्रकाशित : आश्विन २८, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?