कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

छिमेकी ललकार्ने प्रवृत्ति

कान्तिपुर संवाददाता

‘सी भ्रमणको सन्दर्भ’ विषयक श्रीकृष्ण अनिरुद्ध गौतमको लेख चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सेरोफेरोमा रही चीनकै प्रशंसामा केन्द्रित देखिन्छ  । तथापि चित्रमा चिनियाँ राष्ट्रपतिको खुम्चिएको अनुहार अनि नेपालसँग अप्ठ्यारो भएजस्तो गरी प्रस्तुत भएको तस्बिरले धेरै कुरा संकेत गरेको पनि मान्न सकिन्छ  ।

लेखकले १३ ट्रिलियन डलर अर्थतन्त्र भएको चीनको मात्र २.५ ट्रिलियन डलरको अर्थतन्त्र बोकेको भारतसँग प्रतिस्पर्धा हुन नसक्ने उल्लेख गरेका छन् । चीनको विस्तारित आर्थिक र सामरिक प्रभावका कारण अमेरिका लगायतका शक्तिशाली देश थर्कमान भएको बताएका छन् । सन् १९६२ मा चीनसँग हारेको भारत उसको सामु परेपछि नौ–नारी गल्ने भन्नेजस्ता असान्दर्भिक, एकपक्षीय, प्रशंसाभरी शब्दले न लेखको गरिमा बढाएको छ नत दुई छिमेकीसामु हाम्रो नवीन कूटनीतिक दृष्टिकोण स्थापनामा बल पुगेको छ । सोबाहेक लेखकले दक्षिणी छिमेकीलाई ललकार्न चिनियाँ रेलमार्ग एकमात्र विकल्प रहेको कुरा उल्लेख गर्न पनि भ्याएका छन् । वास्तवमा चीन, भारत र नेपालसँग जोडिएका अनगिन्ती सवालसँग लेखकको ध्यान पुगेको देखिँदैन । भारतका रिलायन्स, टाटाजस्ता अनगिन्ती ठूला कम्पनीहरूले चीनमा लगानी गरी त्यहाँका लाखौं जनतालाई रोजगारी दिएको कुरा उल्लेख गर्न भने लेखक चुकेका छन् । नचाहिँदो कुराको बढाइचढाई गरेर पक्ष/विपक्षमा लाग्ने क्रम जारी रह्यो भने हामी दुर्घटनामा पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : आश्विन २५, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?