२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

योपालि पनि रैतीलाई टीका

कान्तिपुर संवाददाता

दसैंको टीकाको हामीलाई हतार छ  । कसैलाई राष्ट्रपतिको हातबाट टीका लगाउने त कसैलाई प्रधानमन्त्रीको हातबाट  ।

पछिल्लो समय आफ्नो कार्यालयका हाकिमहरूका हातबाट टीका लगाउने, फोटो खिच्ने र फेसबुकमा पोस्ट गर्ने प्रचलन बढ्दो छ । अझ राष्ट्रपतिदेखि मन्त्रीसम्मकाहरूले राजकीय परम्पराले टीका लगाउने चलन कायमै छ । किन हाम्रो समाज अझै पनि राजा–रैतीको स्थानबाट माथि उठ्न सकेको छैन ? बूढा भएका बाबुआमालाई अन्तै कसैको जिम्मा लगाएर किन घण्टौं शीतलनिवासको लाइनमा खडा हुन पुग्छ ? हामीले समयअनुसार व्यवस्था परिवर्तन गर्‍यौं तर त्यही अनुरूपको सोचमा भने परिवर्तन कहिले आउँछ ? विजयादशमीको दिन आफ्नो कुल र आफन्तमाझ रहेका ज्येष्ठ नागरिकको हातबाट टीका लगाउने हो । यहाँ त व्यक्ति ठूलो होइन उसको पद, हैसियतबाट टीका ग्रहण गर्ने परम्पराको थालनी भएको छ । अतः दसैंको यो टीका बहाना भएको छ । धेरैलाई राजा बनेर रैतीलाई जस्तो टीका लगाउने कार्यको अन्त्य हुनुपर्छ ।
– रामकृष्ण बराल, काठमाडौं

प्रकाशित : आश्विन २५, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?