कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विकासको झिलीमिली

कान्तिपुर संवाददाता

दसैंका बेला चाडबाड नभनीकन त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्मको सडकमा धमाधम पिच गर्ने, रङ–रोगन गर्ने र सजावटका काम रातारात भइरहेको छ  । ४/५ दिनको बीचमा सबै काम सम्पन्न हुनेछन्  ।

यसैगरी सबै ठाउँमा सबै निकाय मिलेर काम गर्ने हो भने काठमाडौंका सबै ठाउँमा सडक मर्मत गर्न ६ महिना लाग्ला तर ६ वर्ष लाग्ने छैन । अहिले जे भइरहेछ के यो विदेशी पाहुनाहरूलाई देखाउन मात्र हो ? देश र जनताका लागि किन काम गर्न सक्तैन ? सार्क शिखर सम्मेलनका बेला, भारतीय प्रधानमन्त्री आउने बेला पनि स्वागत गर्न यस्तै गरिएको थियो । तीनकुनेमा सयौं पटक रूख रोपिएकै हो । अहिले चीनका राष्ट्रपति सीलाई स्वागत गर्न पनि रूख रोपेर हरियाली चित्र/विचित्र बनाइँदै छ । अर्बौं खर्च गरेर विदेशी पाहुनाको आँखामा विकासे छारो हाल्ने काम हुँदै छ । पाहुना आउँदा मात्रै काम हुने हो भने जापान, अमेरिका, बेलायतका राष्ट्र प्रमुखहरूलाई पनि छिट्टै निमन्त्रणा गर्नुपर्‍यो । सरकारले एकै पटक दिगो हुने गरी तीनकुनेलाई स्थायी हरियाली पार्क बनाउने र सडक सबै ठाउँमा मर्मतसम्भार गर्ने हो भने सबैलाई सधैं स्वागत हुने थियो । स्वागतकै लागि अर्बौं रुपैयाँ खेर जाने थिएन ।
– रेवती सुवेदी, काठमाडौं

प्रकाशित : आश्विन २५, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?