३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

छाडा राजनीति

कान्तिपुर संवाददाता

गणतन्त्र नेपालको पछिल्लो राजनीतिक अवस्था तनावपूर्ण, अस्थिर, शंकास्पद र अकर्मण्यताको मार्गमा बढिरहेको छ  । आन्तरिक एवं बाह्य कारणले नेताहरू स्वयं असुरक्षित बन्दै गएको अभिव्यक्ति दिन थालेका छन्  ।

उनीहरूको इमान्दारी, आचरण र चरित्रमा समेत शंका गर्ने खालका प्रतिनिधि घटनाहरू बाहिर आएका छन् । गणतन्त्र स्थापना भएपछि स्थापित हुनुपर्ने न्यूनतम मूल्य र मान्यतालाई स्थापित गर्न सकिएको छैन । जनताको अगाडि नेताहरूले गरेका प्रतिबद्धता र आश्वासनहरू झूटो सावित भएका छन् । जनतामा निराशा छाएको छ । जताततै समस्या नै समस्या छन् । सरकार आफैंमा हराइरहेको छ । शिक्षा, स्वास्थ्य लगायतका जनसरोकारका सबालमा सरकारी संयन्त्रको उपस्थिति फितलो छ । नीतिगत हिसाबले हेर्दा यो शून्यप्रायः छ । जनतालाई दिइएको कथित सिंहदरबारमा सिंह मात्र पाइएको छ । यो छाडा राजनीति र गैरजिम्मेवार क्रियाकलापको उपज हो । संविधान निर्माण गरी देशमा शान्ति बहाल गर्ने, असल राजनीतिक संस्कारबाट आर्थिक समृद्धि, स्थिरता र सुशासन कायम गर्ने चाहना लगभग दिवास्वप्न हुनपुगेका छन् । जनता आक्रोशित बन्दैछन् ।
– भूमि गोतामे, भीमसेन थापा गापा, बोर्लाङ, गोरखा

प्रकाशित : आश्विन २५, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?