कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

त्यो सभामुखकै नम्बर हो

कान्तिपुर संवाददाता

सम्भवतः नेपालमा यो नै पहिलोपटक होला, जसमा सम्माननीय पदमा बसेका ओहदाधारीलाई यति संगीन आरोप लागेको छ  । नेपालमा हाल ६ जनामात्र सम्माननीय ओहदाधारी छन्  ।

तीमध्ये एक सभामुख कृष्णबहादुर महरा हुन् । उनीमाथि लागेको आरोप कति सत्य छ/छैन ? त्यो त छानबिनपछि नै थाहा होला । तथापि उच्च ओहदामा बसेको भन्दैमा प्रहरीले छानबिन नै नगर्ने जुन संकेत देखाएको छ, त्यो आलोच्यमात्र होइन, गम्भीर विषय पनि हो । के यस्तै आरोप कुनै सर्वसाधारणलाई लागेको भए प्रहरी यसरी नै मूकदर्शक भइबस्थ्यो ? कि अनुसन्धानको लागि भनेर हिरासतमा लिइसक्थ्यो ? बलात्कार काण्डमा तत्कालै सभामुखलाई हिरासतमा नलिए पनि त्यसमा गहनतापूर्वक अनुसन्धान बढाउनु नेपाल प्रहरीको मूल दायित्व हो । अन्यथा नेपाल प्रहरी आफ्नो दायित्वबाट च्युत भएको ठहर्नेछ । छानबिन नथालिएमा सरकार र प्रहरीप्रति नागरिक आक्रोश बढ्ने मात्र होइन, सानालाई ऐन अनि ठूलालाई चैन भन्ने उक्ति चरितार्थ पनि हुनेछ । ती महिलाले युट्युबका पत्रकारहरूसंँग कुरा गर्दाकै अवस्थामा उनको मोबाइलमा आएको नम्बर सभामुख महराकै हो कि होइन ? यसको गहनतापूर्वक अनुसन्धान गरिनुपर्छ । अनि मात्र ओली सरकार र प्रहरीप्रति जनविश्वास बढ्छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

प्रकाशित : आश्विन १६, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?