कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भगवान नै हुन्, डाक्टर

कान्तिपुर संवाददाता

‘अनि उनले संसार देखे’, सल्यान दमाचौरका नरहरिको कथा पढ्दा मानिसको जीवन अनन्त शृंखलाहरूको जोड हो भन्ने पुष्टि हुन्छ  । उनको दृढ विश्वास, गौशालास्थित धर्मशालाका क्यान्टिन सञ्चालक मुकुलकुमार सिन्हाको सहयोग, तिलगंगा आँखा अस्पताल र डा. सन्दुक रुइतको प्रयासले एउटा मानिसको जीवनमा आएको परिवर्तनको कथा पढ्ने धेरैको आँखा रसाउन सक्छ  ।

नरहरिकै शब्दमा उनका लागि संसारमा भएका दुई चिज भगवान र डाक्टर रुइत उस्तै हुन् भन्ने अभिव्यक्ति डा. रुइतले देश/विदेशमा पुर्‍याएको सेवाप्रतिको सही मूल्यांकनसँग मेल खाने विषय हो ।
– महेशप्रसाद ढुंगाना, नयाँवानेश्वर, काठमाडौं

प्रकाशित : आश्विन १५, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?