कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

डेंगु नियन्त्रणमा तामझाम बढी

डेंगुका कारण दिनहुँ धेरै बिरामी परिरहेका छन्  । केहीको ज्यान गइसकेको छ  ।

लक्षित समूहसम्म चेतनामूलक कार्यक्रम पुग्नसकेको छैन । कार्यक्रमहरू होटल र कार्यालयहरूमा सीमित छन् । डेंगु नियन्त्रण र सचेतनाका नाममा सरकारी ढुकुटी सिध्याउने खेल भइरहेको छ । तालिम, गोष्ठी र प्रचार–प्रसारका नाममा रकम खर्चिने काम भइरहेको छ । स्वयंसेवी संस्था र राजनीतिक दलले समेत जनचेतना अभियान सञ्चालन गर्ने कुरा गर्छन् । तर ब्यानर देखाएर राजमार्गमा पैदलयात्रा गरेर डेंगु नियन्त्रण हुनेवाला छैन ।


यो तामझाम मात्र हो । यसो गर्नुको सट्टा गाउँ–गाउँ, गल्ली–गल्ली पसेर सरसफाइ कार्यक्रम गर्ने, लामखुट्टे हुर्कने र फुल पार्ने सम्भावित स्थानको पहिचान गरी त्यसलाई सोही स्थलमै नष्ट गर्ने, सामुहिक उत्तरदायित्व वहन गर्न जनतालाई सचेत तुल्याउनु जरुरी छ । रोगको आशंका भएमा जँचाइ चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अवलम्बन गर्ने खालका चेतनामूलक कार्यक्रम गर्ने हो भने समस्या समाधान हुन सक्ला । अन्यथा डेंगु अझै महामारीको रूपमा फैलिएर ठूलो धनजनको क्षति हुने सम्भावना छ । अनावश्यक तामझाम गर्नुको साटो बेलैमा सबैले नियन्त्रणका लागि काम गर्दा राम्रो होला कि ।
– नरनाथ पाण्डे, कावासोती—८, नवलपुर

प्रकाशित : आश्विन २, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?