कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रकम जम्मा गर्ने प्रतिबद्धता

बुधबार प्रकाशित सविता विमलीको ‘महावीरलाई एक रुपैयाँ’ मननयोग्य र मार्मिक लाग्यो  ।

विभिन्न पेसा, व्यवसाय, रोजगार, सरकारी तथा गैरसरकारी कर्मचारी, तलब–भत्ता पाउने राजनीतिकर्मी समेतको हिसाब–किताब गरेर झन्डै ५० लाख कर्मयोगीहरूसँग दैनिक १ रुपैयाँका दरले प्रविधि अभियन्ता महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रमा जम्मा गर्न अनुरोध गरिएको छ । यदि यसमा सबैले चित्त दिए भने महावीरको सपनाको सञ्जीवनी हुनसक्छ । लेखिकाले कसैको ध्यानाकर्षण नभएको तर निकै महत्त्वपूर्ण कुरा उठाउनुभएको छ ।


महावीर पुनको अभियानलाई राज्यसत्ताले सघाउन हरेक वर्ष केही रकम छुट्याउँदै आएको जानकारी लेखिकालाई नभएको हुनसक्छ । दुर्गा प्रसाईं र शारदाप्रसाद अधिकारीको नाम नै किटान गरेर सत्ताको उछित्तो काढ्नुभन्दा यस्ता पात्रको नाम नलिई सत्तालाई महावीरको पवित्र कार्यलाई सहयोग गर्न अपिल गर्दा बढी न्याय हुन्थ्यो कि ? १ रुपैयाँका दरले ५० लाख कर्मयोगीहरूले मासिक १५ करोड र वार्षिक १ अर्ब ८२ करोड ५ लाख संकलन गरेर राष्ट्रिय अविष्कार केन्द्रमा जम्मा गर्दा समृद्धिका लागि कोसेढुङ्गा सावित हुनसक्छ ।


यति महत्त्वपूर्ण कार्यमा सहयोग गर्न ढिलाइ नगरौँ । राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको ठमेलस्थित हिमालय बैंकको खाता न .०१९०६३२२०६००१७ मा आजैबाट जम्मा गर्न सुरु गरौँ । म प्रत्येक वर्ष एकमुस्ट ३ सय ६५ रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जाहेर गर्छु ।
– यज्ञराज न्यौपाने, पेप्सिकोला, काठमाडौँ

प्रकाशित : आश्विन २, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?