मेडिकल शिक्षामा बेथिति

कान्तिपुर संवाददाता

२० दिनदेखि बन्द रहेको चितवन मेडिकल कलेज तथा देशकै मेडिकल शिक्षामा देखिएको बेथिति शीघ्र समाधान हुनुपर्छ  ।

ZenTravel

पढाइको समयमा आन्दोलनमा उत्रन बाध्य हुनु तथा २० दिन बितिसक्दा पनि राज्यले किन ध्यान नदिएको ? मेडिकल माफिया र राजनीतिको जरो निकै मजबूत छ । आफ्नो हकहितका लागि चितवन मेडिकल कलेजका छात्रछात्राले गरेको आन्दोलन विरुद्ध नागरिक समाजले पनि आफ्नो भूमिका पहिचान गरी राजनीतिक आरक्षणमा रहेको मेडिकल माफिया विरुद्ध आवाज उठाई विद्यार्थीहरूको अमूल्य समय खेर नजाओस् भनी सरकारलाई सतर्क गराउनु आवश्यक छ । समयमै सबैले सरकारलाई सचेत नगराउने हो भने मेडिकल क्षेत्रमा पूरै माफियाको रजाइँ हुनेछ ।
– राजीवकुमार सिंह, जनकपुर–१, धनुषा

Meroghar

प्रकाशित : आश्विन १, २०७६ १२:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्री ओलीद्वारा संघीय संसद भवनको शिलान्यास

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — संघीय संसद्को आफ्नै भवन बन्ने निश्चित भएको छ । २०५५ सालदेखि नयाँ भवनको योजना बन्दै थन्किँदै गरेको थियो । सिंहदरबारको पुतली बगैंचामा बन्न लागेको संघीय संसद् (राष्ट्रिय र प्रतिनिधिसभा) भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । आफ्नै भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालदेखि भाडा तिरेर संसद् भवनका रूपमा प्रयोग गरिँदै आएको छ । भाडामा बर्सेनि १५ करोड खर्च छ । सिंहरबारस्थित पुरानो संसद् भवन काम नलाग्ने अवस्थामा छ ।


प्रकाशित : आश्विन १, २०७६ १२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×