कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बहुमतको दम्भ

पछिल्लो समय आम मानिसको सरकारप्रति निराशा बढ्दो छ  । कारण अनगिन्ती छन्  ।

सरकार निर्माण हुँदा आम मानिसको यो सरकारसँग ठूलो आशा, भरोसा थियो । बल्ल–बल्ल बहुमतको सरकार बनेको थियो । मानिसका आकांक्षा बढ्नु स्वाभाविक थियो । समय बित्दै जाँदा जनआकांक्षा अनुसार सरकार चल्न सकेन । यसलाई दुर्भाग्य नै मान्नुपर्छ । नेपालमा बहुमतको सरकार सफल भएको देखिँदैन । निर्मला हत्याकाण्डदेखि ओरालो लागेको सरकार सुनकाण्ड हुँदै नागरिकता विधेयकसम्म आइपुग्दा कहीं सफल हुनसकेको छैन । बिचौलिया, माफिया र भ्रष्टाचार सरकारको कमजोरी बन्न पुगेको छ । मन्त्रीदेखि पार्टी पदाधिकारीसम्म भ्रष्टाचारमा संलग्न भएको समाचार आइरहन्छ । सरकारको निर्माणसँगै भ्रष्टाचारका शृङखला बढेका छन् । सत्ताधारीहरू बहुमतको दम्भ प्रस्तुत गरिरहेका छन् ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : भाद्र ३१, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?