भारतले दमन गरेको छैन

शुक्रबार प्रकाशित ध्रुव कुमारको ‘गहिरिँदो कश्मीर संकट’मा भारत सरकारले कश्मीरमा दमन गरेको उल्लेख गरेका छन्  ।

के बंगलादेशमा पाकिस्तानले गरेको दमनजस्तो त्यो छ ? त्यहाँका पसल नखुलेका आतंककारीको ‘थ्रेट’ले हो, नकि भारतको दमनले । यसै सन्दर्भमा लेखकले तिब्बतको दमनबारे पनि बोलिदिनुपर्ने थियो । तर लेखकलाई भारतको विरोध गर्नुछ, चीनको होइन । भारतको विरोध शक्तिराष्ट्र चीनले कुन आधारमा गर्ने ? भारत पाकिस्तानसँग जुहारी खेल्दैछ भनी लेखेका छन् । पाकिस्तानले भारतसँग जुहारी खेलेको छ कि भारतले पाकिस्तानसँग ? भारतले कश्मीरका नेता र जनतासँग सम्बन्ध सुधार गर्नुपर्ने लेखकको भनाइ सही छ । लेखकले आतंकलाई नै कश्मीरी जनताको मुक्तिको संघर्ष ठान्नु गलत हो ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : भाद्र ३१, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?