अब तीन वर्ण मात्र

चन्द्रकिशोरको लेख ‘जातवादी गणतन्त्र’ ले घोत्लिनुपर्ने बनायो  ।

यो गणतन्त्र लेखकलाई के कारण जातवादी गणतन्त्र लाग्यो ? गणतन्त्र आए पनि देशमा समानुपातिक समावेशी सरकार नबनेकाले ? शताब्दीयौंदेखि राजकाजमा रहेका बाहुन–क्षत्रीहरू अझै पनि त्यही ठाउँमा रहेकाले ? वर्गीय विभाजनमा धनी र गरिब मात्र हुन्छन् । गरिब धनी हुन सक्छ भने धनी गरिब । मतलब, वर्गीय विभाजन हेरफेर भइरहन्छ । त्यस्तै धार्मिक विभाजन पनि छ । अहिले धेरै नेपाली धर्म फेरेर क्रिश्चियन बनेका छन् । तर जात व्यवस्थाको विभाजन फेर्न सकिँदैन ।


ब्राह्मण ब्राह्मण नै र दलित दलित नै हुन्छन् । कुनै दलित व्राह्मण र कुनै ब्राह्मण दलित हुन सक्दैन । पहिले जात विभाजन कर्मका आधारमा थियो । जबदेखि जन्मका आधारमा जात विभाजन सुरु भयो, कर्मको आधार भत्कियो । ठूलो गल्ती त्यहीँनेर भयो । पछि छुवाछूतले झन् बर्बाद पार्‍यो । अब त्यसलाई नसुधारी सुख छैन । आरक्षण त्यस सुधारको पहिलो चरण हो । यसका लागि दलितलाई शक्ति हस्तान्तरण गरी दलित वर्ण नै परिवर्तन गर्नुपर्छ । वैदिक कालमा केवल तीन वर्ण थिए । शूद्र वर्गपछि आर्यद्वारा पराजित भएका लागि थपियो । अब पनि तीन वर्ण नै कायम गर्नुपर्छ । दलितलाई वैश्य वर्णमा गणना गर्नुपर्छ ।
– डा. शिवशंकर यादव, छपकैया वीरगन्ज

प्रकाशित : भाद्र २९, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?