डेंगुबाट पराजित सरकार

कान्तिपुर संवाददाता

वैशाख सुरुआतमै धरानमा देखिएको डेंगु भदौमा काठमाडौंसहित देशका विभिन्न भागमा तीव्र गतिमा फैलिसकेको छ  । अहिलेसम्म आधा दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ  ।

सरकारी अस्पतालको आँकडाअनुसार नै करिब ६,००० जना पीडित अस्पताल पुगिसकेका छन् । डेंगुको महामारी सुरु भएको पाँच महिना बितिसक्दा पनि सरकार भने मानौं सुतिरहेको छ । मन्त्रीलाई नै डेंगुले समाएपछि अलि ब्युँझे जस्तो देखिएको सरकार यसको रोकथाममा पूर्ण रूपले चुकेको छ । राजधानीकै अस्पतालहरूमा पाइलो राख्ने ठाउँ नहुँदा पनि सञ्चारमन्त्री भने डेंगु सरकारको नियन्त्रणबाहिर नगएको ठोकुवा गर्नमै व्यस्त छन् । अर्को कुरा, प्रधानमन्त्री ओलीको उपचारमा राज्यको करोडौं सकियो भनिन्छ तर दिनमा तीनचोटि ‘बिग्रिने’ वीर अस्पतालको एमआरआई मेसिन बनाउन सम्बन्धित निकाय तम्सिँदैन । जस्तोसुकै गम्भीर बिरामी भए पनि त्यहाँ एमआरआई गराउन, पहुँच नहुनेले, कम्तीमा दुई हप्ता कुर्नुपर्छ । सरकार भनेको जनतालाई आपत् पर्दा सान्त्वना दिने खालको हुनुपर्छ, न कि उडन्ते दाबीमा रमाउने किसिमको । लाग्छ— हाम्रा सत्तासीनहरूले भने सरकारको परिभाषा अर्कै बनाएका छन् ।
– सन्तोष सिम्खडा, कपुराधारा, काठमाडौं

प्रकाशित : भाद्र २९, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

पशुपतिमा श्राद्ध गर्नेको भीड

सोह्र श्राद्ध सुरु
केशव थापा

काठमाडौँ — दिव‌ंगत पितृकाे सम्झनामा गरिने सोह्र श्राद्ध शनिबारबाट सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमादेखि असाेजको कृष्ण पक्षका १५ दिन औंसीसम्म साेह्र श्राद्ध मनाइने गरिन्छ । पशुपतिनाथ मन्दिरमा सोह्र श्राद्ध सुरु भएकैदिन बिहानैदेखि श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ ।

पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ।

प्रकाशित : भाद्र २९, २०७६ ११:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्