कहिले फेरिन्छ, जातवादी गणतन्त्र ?

बिहीबार प्रकाशित चन्द्रकिशोरको ‘जातवादी गणतन्त्र’ रोचक, घोचक र यथार्थपरक लाग्यो  । साँचो अर्थमा गणतन्त्र यतिबेला जातवादीमै केन्द्रित छन्  ।

कहिले फेरिन्छ, जातवादी गणतन्त्र ?

पुरातन शासकवादी चरित्र र केही नयाँ शासक जसले उनीहरूकै बाटो पछ्याउन चाहेका छन्, ती दुबैथरी शासक मुलुकलाई जातवादीमै राखेर आफ्नो शासन चलाउन चाहन्छन् । जुन मुलुकका लागि विषमकारी छ । जसका विरुद्ध सदियौंदेखि उत्पीडनको जाँतोमा पिल्सिँदै आएका अधिकार विमुख दलित लगायतका वर्ग र जाति उठ्नैपर्ने देखिन्छ ।


कहिले धर्म त कहिले जातिको आधारमा विभाजित बन्दै आएको छ, हाम्रो समाज । अबको युगमा त्यो पाच्य छैन । तर आफूलाई जहिले पनि सामाजिक शासकको दर्जामा उभ्याउन सफल हुँदै आएका केहीले अहिले पनि धर्म र संस्कृतिको आडमा समाजमा अत्याचार गरिरहेकै छन् । उनीहरूले मुखले परिवर्तनको कुरा गरे पनि व्यवहारमा भने पुरानै सामाजिक गन्ध देखिन्छ ।


जबदेखि श्रम र पेसाको आधारमा मान्छेको वर्गीकरण भयो, त्यसै बेलादेखि समाज कुरूप हुँदै आयो । पहिचान र सामर्थ्यको आधारमा, अल्पमत र बहुमतको आधारमा जुन संवैधानिक कानुनी सञ्जाल निर्माण भएको छ, यो त झनै विषमकारी छ, मानव समाज निर्माणका लागि । सरकारले वर्षेनि जति बजेट कला, धर्म र संस्कृतिको नाममा खर्चेको छ, त्यति बजेट विभेदरहित नयाँ मानवरूपी धर्म, संस्कृति र समाज निर्माणमा खर्चेको भए मुलुकमा देखिएका विषमकारी परिस्थितिलाई न्युनीकरण गर्न सकिन्थ्यो । तर सत्ता र सरकारमा बसेका शासकहरू त्यो चाहँदैनन् । राजनीतिक दल र तिनका नेता/कार्यकर्ताले गणतन्त्रलाई जातिवादीभित्र कैद गरेर अबको युग हाँक्न सकिँदैन ।
– राजेश विद्रोही, लहान, सिरहा

प्रकाशित : भाद्र २७, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?