१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

३० प्रतिशत कमिसन

‘सांसदकै योजनामा कमिसन’ समाचारले हाम्रो राज्य सञ्चालनमा कसरी भ्रष्टाचारले गति लिइरहेको छ, स्पष्ट पारिदिएको छ  । जनप्रतिनिधिले त आफ्नो योजना फर्स्योट गर्न कमिसन नबुझाई धर पाउँदैनन् भने आमनागरिकको अवस्था कस्तो होला ? सहजै अनुमान लाउन सकिन्छ  ।

पछिल्लो समय भ्रष्टाचार बढ्दै गएको सबैले महसुस गरेकै हो । सरकार निरीह बन्दै गएको छ । इतिहासकै बलियो सरकार भनिरहेको यो सरकार किन असफलतातर्फ अग्रसर बन्दै गइरहेको छ ? चिन्ताको विषय हो । सरकारले आफ्नो निर्माणसँगै समृद्धिलाई लक्ष्य बताउँदै आएको भए पनि त्यस अनुसारका काम हुनसकेका छैनन् । कमिसन र भ्रष्टाचारको चंगुलबाट कसरी समृद्धि प्राप्त गर्न सकिन्छ ? अतः सरकारका सबै निकायलाई भ्रष्टाचारमुक्त बनाउन जरुरी छ । अन्यथा यो सरकार पूर्णरूपमा असफल बन्नेछ । आम मानिसले यसको विकल्प खोज्ने निश्चित छ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : भाद्र २७, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?