२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रधानमन्त्रीलाई पनि टेरेनन्

प्रधानमन्त्रीको आदेश पनि कार्यान्वयन हुँदैन भने सामान्य जनका आवाज कसले सुन्ला र ?

प्रधानमन्त्रीज्यू, हजुरलाई विश्वास लाग्दैन भने एकपटक चावहिलदेखि साँखुसम्मको यात्रा गर्नुहोस्, अनि थाहा हुन्छ, जनता कति कष्ट सहेर बसेका रहेछन् । सडक बनाउने ठेकेदारले हो कि ठगदारले हो, छुट्याउन गाह्रो भएको छ । जनता बोल्दैनन् भनेर जे गरे ’नि हुन्छ भन्ने नसोचौं । एकदिन धैर्यको बाँध फुट्न सक्छ । लाहपरबाही कसको ? सडक विभागको कि ठेकेदारको ? मिलेमतोमा टेन्डर पार्न, वर्षासम्म काम पूरा नगर्न अनि बाँडीचुँडी खाने कहिलेसम्म ? सडक विभागले टेन्डर आह्वान गर्दा सर्त राखेकै होला । त्यो सर्त पालना नगर्ने ठेकेदारलाई कारबाही गर्ने नीति पनि होला । अहिलेसम्म समयमा काम नसक्ने कुनचाहिँ ठेकेदारलाई कारबाही भएको छ ? काम नगर्ने ठेकेदारको लाइसेन्स खारेज गरिदिने हो भने समयमा काम भइहाल्छ । एक वर्षमा सक्छु भनेको काम ५ वर्षर्मा पनि नसक्दा कुनै कारबाही नभएपछि यस्तै हुन्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र २७, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?