२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मोटरसाइकलको हेडलाइट आतंक

आजकाल सडकमा धेरै मोटरसाइकल दिउँसै पनि पूर्णरूपमा हेडलाइट बालेर गुडिरहेका हुन्छन्  । दिउँसै हेडलाइट बाल्नुका मुख्य कारण विपरीत दिशाबाट कुनै सवारी आइरहेको छ भन्ने संकेतको लागि हो  ।

यसरी सांकेतिक रूपको हेडलाइट प्रयोग गरिएमा सुरक्षाको दृष्टिकोणबाट ठिकै देखिन्छ । तर यसो नभई पूर्णरूपमा हेडलाइट बालेर मोटरसाइकल चलाउँदा विपरीत दिशाबाट आउने चालक तथा सर्वसाधारणहरूलाई आँखामा नराम्रो असर पर्ने, दृष्टि र ध्यान विचलनसमेत हुनगई दुर्घटना हुने सम्भावना बढी हुन्छ । सांकेतिक लाइट बाहेकको मोटरसाइकलको हेडलाइट दिनको समयमा प्रयोग गर्न पूर्णरूपमा बन्देज गर्नुपर्छ । यसतर्फ नियमनकारी निकायहरू यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय तथा सडक विभागले उचित ध्यान पुर्‍याउनसके हाम्रा सडकहरू थप सुरक्षित हुने देखिन्छ । साथै मोटरसाइकल निर्माता कम्पनीका स्थानीय प्रतिनिधि र मोटरसाइकल चालकहरू स्वयंले पनि यसतर्फ उचित ध्यान दिएमा सडक दुर्घटना कम हुने देखिन्छ ।
– बाबुराम गुरुङ, रुम्जाटार, ओखलढुंगा

प्रकाशित : भाद्र २७, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?