३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सेनाभित्र सुधारको संकेत

नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापाले मंगलबार दिएको ३ घन्टा लामो भाषण र गरेका कार्य प्रशंसनीय छन्  ।

आजसम्म उनका अग्रजहरूले नगरेको र सेनाको इतिहासमै पहिलोपटक सेनापति थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर भ्रष्टाचार उन्मूलन अभियानमा सहयोगी रहेको सन्देश दिएका छन् । जुन नैतिक र प्रेरणादायक कार्य हो । उनीपछि सेनाको नेतृत्वमा आउनेहरूले उनले थालेका सुधारलाई निरन्तरता दिनसके त्यसले सेनाकै गरिमा बढाउने काम गर्छ । उनले आफूले मात्र होइन, आफ्ना मातहतका अफिसर्सहरूले पनि सम्पत्ति विवरण सके सार्वजनिक गर्न र नसके कमसेकम रेकर्डका लागि सेनाको आन्तरिक विभागमा दिन आग्रह गरेका छन् । हेरौं, सेनाभित्र सुधार चाहने कतिजना निस्कँदा रहेछन् ? सेनापति थापाले सेनाभित्र भर्ना अभियान थालिँदा अनियमित काम गर्ने १ सय १२ सैनिकलाई बर्खास्त गरेर अनियमित र भ्रष्टाचारजन्य कार्य सह्य नहुने सन्देश पनि दिएका छन् । उनले संगठनभित्र व्यक्तिगत फाइदा लिई संगठनको बदनाम गर्नेहरूलाई नछाड्ने चेतावनी दिएका छन् । सेनाले गरेका काममा अख्तियार र महालेखाले नहेर्ने चलनका कारण त्यहाँभित्र अपारदर्शी र भ्रष्ट प्रवृत्ति मौलाउँदै गएको थियो । तर यी सेनापतिले एक वर्षदेखि थालेका सुधारका कार्यले गति लिन थालेपछि सेनाभित्रको वातावरण सङलो र पारदर्शी हुँदै गएको बताइन्छ । यसले सेनाप्रति जनताको विश्वास बढ्दै जान्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र २७, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?