कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अदालतप्रति विश्वास घट्यो

एनसेलले १८ अर्ब ३३ करोड रुपैयाँ तिर्नु नपर्नेगरी सर्वोच्च अदालतले गरेको लाभकर निर्धारण सम्वन्धी मुद्दाको फैसलाबाट आममानिसको चित्त बुझेको छैन  ।

ठूलठूला रकम–कलमको विभिन्न मुद्दामा सर्वोच्चबाट यसअघि भएका निर्णयहरूमा पनि आमनागरिकले न्यायको अनुभूत गर्न नसक्ने अवस्था रहँदै आएको कुरा स्पष्ट छ । यस्ता कुराले आममानिसको सीमा नाघेर प्रतिनिधिसभामै स्थान पाउनुलाई स्वागतयोग्य मान्नुपर्ने हुन्छ । सांसदहरूले नै छानबिन समिति बनाएर गलत फैसला गर्ने न्यायाधीशमाथि महाभियोग लगाउनुपर्छ भन्नेसम्मका अभिव्यक्ति प्रतिनिधिसभामा राख्नुले अदालतप्रतिको विश्वासमा आएको ह्रासलाई उजागर गरेको छ ।
– महेशप्रसाद ढुंगाना, नयाँवानेश्वर, काठमाडौं

प्रकाशित : भाद्र २५, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?