कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गैरजिम्मेवार सांसद

२ नं. प्रदेशका सांसदहरूले सांसदकै योजनामा कर्मचारीहरूले ३० प्रतिशतसम्म कमिसन माग्छन् भन्दै संसदमै कुरा उठाए भन्दा लाजले भुतुक्क भइयो  । कर्मचारीहरू पनि यही देशका नागरिक हुन्, अनि कर्मचारीहरूलाई नियुक्त गर्ने, सरुवा/बढुवा गर्ने, राम्रालाई पुरस्कार, खराबलाई दण्ड–जरिवाना गर्ने काम जनप्रतिनिधिहरूकै हो भने कहाँबाट कसरी कमिसन नखाई कर्मचारीले काम गर्दैनन् भन्ने आवाज आउँछ ? सांसदहरू नै यस्ता गैरजिम्मेवार, निरीह र अरुलाई दोष दिएर जनतासँग साँखुल्ले हुन खोजेजस्तो गरी निर्लज्ज बोली बोलिरहेका हुन्छन्  ।

यसको वास्तविकता अर्कै छ । कार्यकर्ताहरूको पालन–पोषण र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि अर्कै निकायबाट बनेका आयोजना, बन्दै नबनेका आयोजना अनि अर्कै शीर्षकको रकमबाट बन्दै गरेका आयोजनामा उपभोक्ता समितिमार्फत दोहोरो–तेहोरो रकम भुक्तानी दिलाउन गरिने प्रयासस्वरुप कर्मचारीहरूले मौका पाउँछन् । भागबन्डा मिले चेकमा सही गर्छन्, नत्र हाम्रो जागिर जान्छ हजुर भन्छन् । दुई हात जोड्छन्, ढुक्छन्, साँच्चैको साधु बनेर बस्छन् ।
– गोविन्दराज कोइराला, हर्कपुर नवलपुर

प्रकाशित : भाद्र २४, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?