१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दसैं नजिकिएसँगै बलि विरोध सुरु

हालै पशुपतिनाथ दर्शन गर्न जाँदा मैले सशस्त्र प्रहरीको बास र बगैंचा नजिक एक गोरा र अरू नेपालीसहित करिब डेढ दर्जनको हुलले बलिप्रथाको विरोधमा गीत गाउँदै गरेको देखेँं  ।

तिनले भित्ता–भित्तामा बलिविरोधी पोस्टर पनि टाँसेका रहेछन् । दसैं नजिकिएसँगै विगतमा झैं बलिप्रथाको विरोध सुरु हुनलागेको अनुमान गर्न मलाई गाह्रो भएन । मौलो, निसान र जमरा पूजा गरी मार हान्ने, बलि दिने नेपालीमाथिको दुष्प्रचारको शृंखला फेरि थालिएको संकेत थियो त्यो । पशुपतिनाथ परिसरमा त्यस्तो कार्यक्रम गर्न अनुमति कसले दियो ? यो सरासर हाम्रो धर्म–संस्कृतिमा हमला हो । यो देशमा बलि दिने/नदिने, मार हाने/नहान्ने, मासु खाने/नखाने समूह र समुदाय छन् । हामी नेपाली एकअर्काको संस्कृतिलाई सम्मान गर्छौं । स्मरणीय छ, जब दसैं नजिकिन्छ, तब गुम्बाका लामाहरूदेखि एनजीओहरूसम्मले बलिविरोधी खेती सुरु गर्छन् । मासु अरू देशमा खाँदैनन् ? पसुपन्क्षी नेपालमा मात्रै काटिने गर्छन् ? दसैं बाहेक अरू बेला काटमार भएकै छैन ? नेपाली धर्म, संस्कार र संस्कृति मास्न जन्मिएकाहरूलाई म हाम्रा चाडपर्व, रीतिथितिमा हमलाको भुल नगर्न सचेत गराउँछु ।
– प्रेमसिंह बस्न्यात, बाँसबारी, काठमाडौं

प्रकाशित : भाद्र २३, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?