संविधान दिवस स्वस्फूर्त मनाउने कि जबर्जस्ती ?

यसपालि सरकारले संविधान दिवस (असोज ३) भव्यतापूर्वक मनाउने निर्णय गरेको छ  ।

सँगै सर्वसाधारण, विभिन्न संघ–संस्था, विद्यालय, मातहतका कर्मचारीलाई समेत संविधान दिवसका दिन घर–घरमा दिपावली गर्न उर्दी जारी गरेको छ । सरकारले यसरी उर्दीचाहिँ गरिहाल्न हुन्नथ्यो । कुनै पनि दिवस मनाउने कि नमनाउने, जनताको इच्छा हो । सरकारले आफ्ना मातहतका कर्मचारीलाई संविधान दिवसका दिन झण्डा र औपचारिक पोसाकसहित र्‍यालीमा उपस्थित हुन बाध्यकारी अवस्थाको सिर्जना गरेको छ । त्यसलाई एक हदसम्म ठिक मान्न सकिए पनि व्यक्तिगत रूपमा कसैमाथि त्यस्तो दबाब दिन मिल्दैन । त्यस्तै निजी संघ–संस्थालाई करबलले दिवस मनाउन लगाउनु त्यही संविधानकै मर्म विपरीत हुन्छ । यसो गर्दा सरकारले यो निर्णय केवल आफ्ना पक्षमा जनलहर देखाउन गरेको प्रतीत हुन्छ । त्यसैले संविधान दिवसमात्रै होइन, कुनै पनि दिवस वा कार्यक्रममा अरूलाई बाध्य पारेर अनिवार्य उपस्थिति गराउन खोज्नु अमानवीय र असंवैधानिक हुन्छ । यसले आम नागरिकको स्वतन्त्रताको अधिकारसमेत कुण्ठित पारेको हुन्छ ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : भाद्र २३, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?