कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भरतपुरमा बहुउद्देश्यीय पार्क बनाऔं

भदौ १८ मा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी पूर्वतयारीको सिलसिलामा भरतपुरमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति गर्नुपर्ने वा बन्द गर्नुपर्ने भन्ने सवाल उठाए, जसले नयाँ बहस जन्माएको छ  ।

पाँच दशकयता चितवनका हरेक क्षेत्रमा आमूल परिवर्तन भएको छ । हिजोका ससाना गाउँबस्ती र तीबीचका चोकचोकमा रहेका ससाना बजार अहिले तीव्रतासाथ सहरीकरण हुँदै गएका छन् र यो उपत्यका अब कृषकहरूका गाउँको समष्टि रूप मात्र नरहेर अहिले नगरैनगरको जिल्लाका रूपमा विकसित भइरहेको छ । पूर्व–पश्चिम राजमार्ग यसैको मुटु माझबाट दौडन्छ । संसारमै अत्यन्त दुर्लभ जनावरहरूको संरक्षित एवम् सुरक्षित बासस्थान राष्ट्रिय निकुञ्ज यही भूभागमा छ र यो संसारको ध्यान खिच्न सफल भएको छ । बर्सेनि लाखौँ पर्यटक यहाँ पदार्पण गर्छन् तर यति सुन्दर उपत्यकामा सुव्यवस्थित खुला पार्क भने छैन ।

हवाईमैदान र सेनाका ब्यारेक आम जनताका सुख–सुविधा र सुरक्षाका लागि हुन् । ती अति आवश्यक छन् तर तिनको स्थान निर्धारण पनि समयोचित हुनुपर्छ । हिजो थोरै जनसंख्या भएको समयमा ती जहाँ थिए, ठीकै पनि थिए तर अब परिस्थिति फेरिएको छ । तिनको सही व्यवस्थापन हुनु जरुरी छ । तसर्थ, हालको भरतपुर विमानस्थललाई मेघौलीमा स्थानान्तरण गर्नुपर्छ र भरतपुरदेखि मेघौलीसम्मको सडकलाई ६ देखि ८ लेनसम्म स्तरोन्नति गर्नुपर्छ । यस कार्यले चितवनको उन्नति र प्रगतिमा एकैचोटि छलाङ मार्नेछ र समग्र जिल्लाको कायापलट गर्नेछ । नेपाली सेनालाई अहिले उपयुक्त थलो रामनगर आसपासको क्षेत्र हुन सक्छ । विमानस्थल र ब्यारेकलाई स्थानान्तरण गरेपछि खाली हुने स्थानको सुव्यवस्थित सञ्चालनका लागि बृहत् गुरुयोजना तयार गर्नुपर्छ । भरतपुर सहरका सबै उमेर समूहका मानिसले आवश्यकताअनुसारका शारीरिक अभ्यास र बौद्धिक विकास गर्ने वातावरण निर्माणका लागि यहाँ एउटा बृहत् सम्मेलन केन्द्र वा मेगा सिटी हल, एउटा भव्य आधुनिक रंगशाला, सार्वजनिक पुस्तकालयलगायत सबै उमेर समूहका लागि उपयुक्त हुने खालको बृहताकार बहुउद्देश्यीय पब्लिक पार्क बनाउनु राम्रो हुन्छ ।
– हरिहर खनाल, भरतपुर क १२/१५, चितवन

प्रकाशित : भाद्र २२, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?