कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उपकुलपति कुशल छानियून्

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय लगायत सातवटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ  । सरकारले उपकुलपतिको नाम सिफारिस गर्न समिति गठन गरिसकेको छ  ।

उपकुलपति कुशल छानियून्

यस सन्दर्भमा उक्त समितिले उपकुलपतिका लागि निम्नानुसार योग्यता भएका व्यक्तिको नाम सिफारिस गरोस् भनी शिक्षा क्षेत्रको शुभचिन्तकका हैसियतले सुझाव प्रस्तुत गरेको छु –
१. सम्बन्धित विश्वविद्यालयमा नै कार्यरत पदगत वरिष्ठता, अनुभवगत दक्षता र विश्वविद्यालयको हितमा दृढ इच्छाशक्ति भएको,
२. उच्च प्राज्ञिक गरिमा एवं कुशल प्रशासनिक क्षमता भएको,
३. कुनै राजनीतिक दल/गुट/उपगुटको प्रतिनिधि/कार्यकर्ता नभई विशुद्ध शैक्षिक वा प्राज्ञिक क्षेत्रमा उल्लेख्य काम गर्दै आएको,
४. ‘राम्रालाई पाखा, हाम्रालाई काखा’को भावना नलिने,
५. सम्बन्धन/अनुगमनमा कडाइ गर्ने, क्याम्पसहरूमा हुने शैक्षिक गतिविधिमा प्रभावकारिता ल्याउन सक्ने,
६. आर्थिक प्रलोभनमा नपरी निःस्वार्थ रूपमा विश्वविद्यालयको समुन्नति चाहने,
७. राजनीतिक दललाई सहयोग गरेको/गर्नसक्ने होइन, विश्वविद्यालयलाई योगदान दिएको/दिनसक्ने,
८. आफन्त र दलका कार्यकर्तालाई विश्वविद्यालयमा जागिर खुवाउन लालायित नहुने,
९. अमूक दल वा खास गुटको उपकुलपति भन्ने कलंकित पहिचानबाट बच्न सक्ने,
१०. विश्वविद्यालयमा ताला लगाउने परिवेश सिर्जना नगर्ने, प्राध्यापक एवं कर्मचारीहरूको सही मूल्याङ्कन गर्ने, सबैलाई समन्वय गर्न सक्ने,
११. प्राध्यापक/कर्मचारीहरूको योगदानको निष्पक्ष ढङ्गले मूल्याङ्कनका साथ उनीहरूलाई शैक्षिक गतिविधिमा केन्द्रित गराई विश्वविद्यालयमा गुणस्तरीयता
ल्याउन सक्ने,
१२. विश्वविद्यालयका नियमित कार्यक्रमहरू, जस्तै– अध्ययन/अध्यापन, परीक्षा,
नतिजा प्रकाशन, दीक्षान्त समारोह, पाठ्यक्रम परिमार्जन, अनुसन्धान, सम्बन्धन, प्राध्यापक/कर्मचारी नियुक्ति, सरुवा/बढुवा आदिमा कुनै नेताको निर्देशन नमानी सम्बन्धित विश्वविद्यालयको नियम/विनियम एवं निर्देशिकालाई पालना गर्दै कार्यतालिका तयार गरी सोही बमोजिम गर्न/गराउन सक्ने,
१३. विश्वविद्यालयको नीति/नियमको अनुशरण नगर्ने आफू मातहतका शिक्षण संस्था वा सम्बन्धितलाई कारबाही गर्न सक्ने वा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न सक्ने,
१४. विश्वविद्यालयको गौरव र गरिमा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तारित हुने अवस्था सिर्जना गरी विश्वविद्यालयलाई विदेशीहरूको समेत अध्ययन/अनुसन्धानको रोजाइमा पार्न सक्ने,
– डा. महानन्द तिमिल्सिना, उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, सुनसरी

प्रकाशित : भाद्र २०, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?