स्वदेशमै रमाऔँ

बुधबार प्रकाशित दीप्स शाहको ‘महिला जहाँ पनि असुरक्षित’ उचित लागेन  । आफ्नै देशमा महिला असुरक्षित छन्, त्यसैले अरबमा पनि असुरक्षित हुन जाऔं भन्ने कुरा सही होइन  ।

लेखिकाले इजरायलको कुरा उठाएकी छन् । इजरायलमा राम्रो होला, तर अरबका त दिनहुँ लोमहर्षक कथा सुनिन्छ । निश्चय पनि हाम्रो देशमा त्यस्तो छैन । हाम्रो देशमा महिला असुरक्षित छन्, तर अरबमा जत्तिको चाहिँ छैन । बलात्कार बारेको तथ्यांक सही छ । महिला सशक्तिकरणमा लागेर यसलाई कम गर्न सकिन्छ । अरब जाने हाम्रा दिदीबहिनी मालिकको घरमा कैद भएर बस्नुपर्छ । अतः आफ्नो देशको असुरक्षा कम गरौं, तर अरुको देशमा नजाऔं ।
– डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : भाद्र २०, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?