१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सहयोगको अपिल

नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नं. ३ प्रभुडाँडा निवासी ४६ वर्षीया म साइँली तामाङ दुई वर्षदेखि ईएसआरडी (इन्ड स्टेज रेनल डिजिज) रोगका कारण दुवै मृगौलाले काम गर्न छोडेको छ  ।

नेपाल डाइलाइसिस सेन्टर गोंगबुमा हप्ताको दुईपटक डाइलाइसिस गरिरहेको छु । डाक्टरको सल्लाह अनुसार जतिसक्दो छिटो मृगौला प्रत्यारोपण गर्नुपर्छ । मेरो श्रीमान् मृगौला दिन तयार भए पनि रकम अभावले प्रत्यारोपणको काम अघि बढ्नसकेको छैन । आजसम्मको उपचारमा मेरो जो भएको सम्पत्ति सबै सकिइसक्यो । अब कसैको सहयोगविना थप उपचार गर्न असमर्थ छु । तसर्थ देश–विदेशमा रहनुभएका सहयोगी व्यक्ति तथा संघ–संस्थासँग सहयोगको अपेक्षा गरेको छु । मलाई सहयोग गर्न चाहनुहुने व्यक्ति तथा संघ–संस्थाले प्रभु बैंकको मनमैजु शाखामा मेरै नाममा रहेको खाता नं.१६११०७०१३३९९९८०००००१मा आफूले सकेको रकम जम्मा गरी सहयोग गरिदिनु हुन अनुरोध गर्छु । साथै ९८६१२८३१६० मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ ।

प्रकाशित : भाद्र १९, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?