कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भाषाको त, थ, द, ध

बुधबार प्रकाशित पत्र ‘नेपाल भाषाका थप विशिष्ट पक्ष’ बारे लेख्दैछु  ।

पत्र लेखक श्याममोहन श्रेष्ठले लेख्नुभएको छ– ‘सबै नेपालीले खुलस्तै थाहा पाएको कुरा हो, काठमाडौँ उपत्यकाका नेवारहरूले त, थ, द, ध को उच्चारण गर्दा ट, ठ, ड, ढ उच्चारण गर्छन् ।’ यस विषयबारे देशव्यापी सर्वेक्षण भएपछि मात्र सबै नेपालीले थाहा पाएको हो कि होइन निर्णय गर्न सकिन्छ, तर म पनि काठमाडौँको मुटु मानिने असन त्यौडमा जन्मेको नेवार हुँ र मलाई थाहा भएअनुसार नेपाल भाषाको त, थ, द, ध को उच्चारण मूर्धन्य व्यञ्जन पनि होइन, दन्त्य व्यञ्जन पनि होइन । यी दुईबीच दन्त उलुखलीय व्यञ्जन (अंग्रेजीमा ऐल्वीअलर कन्सोनेन्ट) हो । श्रेष्ठले नेपाल भाषाको विशिष्ट पक्षलाई ‘अचम्म’ र ‘अनौठो’ भनेर वर्णन गर्नुभएको छ । हामीले अरु कुनै भाषाको थोरै अध्ययन गरे पनि थाहा पाउन सकिन्छ, अरु भाषाकोपनि विशिष्ट पक्ष हुन्छ र अचम्म र अनौठो लाग्नुपर्ने केही छैन ।
– केआर तुलाधर, काठमाडौँ

प्रकाशित : भाद्र १९, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?