कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपचार गर्न विदेश

शनिबार प्रकाशित ‘प्रधानमन्त्रीको स्वास्थ्य र मुलुकको दशा’ समय सान्दर्भिक लाग्यो  ।

ठूला नेता, ठूला शासक/प्रशासक सामान्य बिरामी पर्दा उपचारका लागि विदेशमा लर्को लाग्ने चलन गणतन्त्र आइसकेपछि धेरै बढेको छ । सुदूर पश्चिम प्रदेशका केही जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिरामी भएपछि सिटामोल र प्राथमिक उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । यतिमात्र होइन, नेपालका विभिन्न ठाउँमा यस्तै बाध्यता छन् । तर ठूला नेता, शासक तथा प्रशासक बिरामी पर्दा सपरिवार विदेश गएर महँंगा अस्पतालमा उपचार गराउँदा कहाँबाट यति ठूलो रकम जोहो गर्छन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । आफ्नै देशमा गुणस्तरीय स्वास्थ्य सेवा हुँदाहुँदै सामान्य बिरामी पर्दा पनि विदेशका अस्पतालमा उपचार गराउने ठूलो रकम कहाँबाट आउँछ ? छानबिन हुन जरुरी छ । यदि नेपालका अस्पतालप्रति विश्वास छैन भने किन चर्का भाषण गरेर हामीले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गर्‍यौं भन्ने ? ठूला–साना सबैले नेपालमै उपचार गर्ने कानुनी व्यवस्था गर्नुपर्छ ।
– चन्द्रप्रसाद खनाल, लम्की, कैलाली

प्रकाशित : भाद्र १८, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?