कारुणिक कथा

‘अनाहकमा अढाई वर्ष जेल’ समाचारले मन द्रविभूत बनायो  । डिल्लीराम थारुको कारुणिक कथा कुनै चलचित्रको भन्दा कम छैन  ।

डिल्लीराम जस्ता कैयौं नेपाली दुःखान्त कथाका निरीह पात्रझैं अनाहकमा नारकीय जीवन जिउन विवश भएका दृष्टान्त प्रशस्त छन् । डिल्लीरामलाई अतुलनीय सहयोग गर्ने भारतीय नागरिक गुरविन्दर र अन्य सहयोगी हातहरू धन्यवादका पात्र हुन् । यद्यपि उनी अझै कालकोठरीका भित्ताहरू हेर्दै दिन बिताइरहेका छन् । आशा गरौं, डिल्लीरामले चाँडै नेपाली भूमिमा सन्तोषको सास फेर्न पाउनेछन् ।
– ध्रुव कुँवर, जमालगाउँ, अछाम

‘अनाहकमा अढाई वर्ष जेल’ खबर पढ्दा सारै दुःख लाग्यो । एउटा चोर अनि ठगको फन्दामा परेर एक गरिब नेपालीको छोरोले दर्दनाक दुःख पाएछन्, छिमेकी मित्रराष्ट्र भारतको जेलमा । एउटा सामान्य गल्तीले डिल्लीरामले ९ महिना जेल सजायपछि पनि आफ्नो घर फर्कन पाएनन्, परिचयपत्रको अभावमा । यसका लागि भारतमा रहेको नेपाली दूतावासलाई त्यहाँको जेल प्रशासनले जानकारी गराउँदा पनि दूतावासले एक वर्षपछि पनि अनभिज्ञता प्रकट गर्‍यो । यसको वास्तविकता के हो ? सरकारी कार्यालयहरूको यो हदसम्मको ढिलाइ वा गैरजिम्मेवारी ? दुई देश बीचको खबर आदान–प्रदान गर्न र आफ्ना नागरिकको अवस्था र पीरमर्का बुझ्न भनी स्थापित दूतावासको लागि यस्तो व्यवहार पटक्कै सुहाउँदैन । ढिलै भए पनि सबैको पहलमा दूतावासले जानकारी पाइसकेको छ । छिटो ती युवालाई स्वदेश फर्काइ नाबालक छोराछोरी र परिवारमा खुसी ल्याउने काम दूतावास र अन्य सम्बद्ध निकायले गरोस् ।
– जीवराज सिलवाल, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र १८, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?