कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बूढा गाईगोरुको व्यवस्थापन

दूध दिन छोडेका गाई र बूढा गोरुहरूलाई घरमा नबाँधी छोडिदिने एक किसिमको परम्परै छ, हाम्रो समाजमा  । हामीले जतिसुकै नैतिकताका कुरा गरे पनि बूढा गाईगोरू छाडा छोड्ने चलन बन्द हुँदैन  ।

यिनका व्यवस्थापनका लागि बरु सरकार नै अघि सर्नुपर्छ । खेतीका लागि गाईगोरूको खाद नै सबभन्दा उपयुक्त रहेको तथ्य सरकारले किसान समुदायबीच पुर्‍याउनुपर्छ । बायो ग्यासलाई अलि बढी सहुलियत दिइयो भने त्यस्ता गाईगोरू काममा आउन सक्छन् । मधेसमा बयलगाडीलाई ‘मोडर्नाइज’ गरेर पर्यटकहरूको सानो दूरीको आवागमनका लागि र विवाहका बेला जन्ती बोक्न प्रयोग गरे बूढा गोरुलाई कतैको भीरबाट खसाएर मार्नुपर्ने थिएन ।
– भरत शाह, वीरगन्ज–१६, पर्सा

प्रकाशित : भाद्र १६, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?