प्रदेश २ को रहस्यमय स्वार्थ

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा निर्माण गर्न नदिन फेरि चलखेल सुरु भएको छ  ।

प्रदेश २ सरकारले विमानस्थल निर्माणका क्रममा रुख काट्न नदिने भन्दै बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनामा भाँजो हाल्न खोजेको छ । दुई दशक अघिदेखि निजगढमा विमानस्थल निर्माणका लागि योजना अघि सारिएको हो । मुलुकमा संघीयता कार्यान्वयनमा आएपछिको योजना होइन यो ।


यति लामो समयदेखि चर्चामा रहेको योजनामा भाँजो हाल्नु प्रदेश २ सरकारको अदूरदर्शी, गैरजिम्मेवार र स्वार्थी कदम रहेको बुझ्न कठिन छैन । विमानस्थल निर्माण हुन नदिन देशी–विदेशी स्वार्थ समूहले काम गरिरहेका छन् भन्ने आशंकालाई पछिल्लो कदमले थप मलजल पुर्‍याएको छ । उक्त तत्त्वले कतै प्रदेश २ सरकारलाई मोहरा त बनाइरहेको छैन ? हो भने ज्यादै दुःखद कुरा हो यो । प्रदेश २ सरकारले यसबारे गम्भीर रूपमा सोचेर निर्णय लिन्छ र योजना सफल हुन नदिने कसैको ग्रान्डडिजाइनमा पर्ने छैन भन्ने विश्वास गरौं । वास्तवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा निजगढको योजना अघि सारिएको हो । सरकारी निकायबाट विगतमा भएको विस्तृत अध्ययनले काठमाडौंपछिको अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढलाई नै उपयुक्त ठहर्‍याएको थियो । यो परियोजना बीचमै अलपत्र नपरोस् भन्नका लागि सम्पूर्ण जनताको दबाब आवश्यक छ ।
– राजेन्द्र आचार्य, निजगढ–९, बारा

प्रकाशित : भाद्र १६, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?