दस्ताबेजको अवमूल्यन

शुक्रबार प्रकाशित ‘कवाडीलाई शोधपत्र’ समाचारले साह्रै दुःखी बनायो  । हुन त परीक्षकले विद्यार्थीको उत्तरपुस्तिका नै बेचेको पनि सुनेका हौँ तर त्यस्ता गतिविधि अपवादका रूपमा मात्र थिए  ।

आजभोलि त घूस खुवाउनेको प्राप्तांक बढाउने र अन्यको घटाउने समाचार सामान्य भइसक्यो । दुई वर्षअघि त्रिवि, कीर्तिपुरस्थित भौतिकशास्त्र केन्द्रीय विभागका केही विद्यार्थीले किताब र बहुमूल्य जर्नलमा आगो लगाएर तापेको पनि देखियो । त्यहाँका प्राध्यापकका अनुसार ती पाठ्यसामग्री धेरै कष्ट गरेर, विभिन्न व्यक्ति र संस्थानसँग अनुनय गर्दै जुटाइएका थिए । कतिले त तिमीहरूले च्यातेर जलाएर फाल्ने हो दिन मिल्दैन समेत भनेका थिए । विभागमा कार्यरत केही प्राध्यापकले यो दुष्कर्मलाई वेदै जलाए जस्तो ठाने । मोहम्मद घोरीका अनुयायीले नालन्दाको पुस्तकालयमा आगो झोसेपछि महिनौँसम्म जल्यो भनिन्छ तर नयाँ नेपालका नयाँ नेता हुन चाहनेहरूले आफ्नै ज्ञान र संस्कृतिमाथि गर्ने यस्तो आगजनी र ध्वंस कति वर्ष चल्ने होला ?
–शुक्रराज आचार्य, नयाँबजार, कीर्तिपुर

प्रकाशित : भाद्र १५, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?