सरकारले विश्वास गुमाउँदाको परिणाम

कान्तिपुर संवाददाता

सञ्चारकर्मी रवि लामिछानेका पक्षमा जनलहरको अर्थ आआफ्नै ढंगले सबैले निकाल्न सक्छन्  ।

आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेदेखि चितवन जिल्ला अदालतको आदेशानुसार धरौटी बुझाएर छुटेपछि बुधबार काठमाडौँ फर्कने दिनसम्म उनका पक्षमा देखिएको जनलहरको अर्थ नागरिकको मनमा गढेको भयको अभिव्यक्ति हो । यस बाहेक आफ्नो भन्ने कोही नहुँदाको अवस्थामा दुःख–कष्टबाट बच्न गुहार माग्न सकिने सरल पहुँच भएका व्यक्ति पनि रवि हुन् भन्ने मानिसको विश्वास हो । ज्यान मुद्दाजस्तो विषयमा कतिपय अहं सवालको यकिन नहुँदै प्रहरीबाट एकैचोटी लामिछाने लगायतलाई जसरी पक्रियो, आम नागरिकको बुझाइमा नगरेको अपराधमा पनि राज्यले आफूलाई जुनसुकै बेला प्रताडित गर्नसक्ने कुराको विरोधमा उनको समर्थन देखिनु स्वाभाविकै हो । मनोगत रूपमा रुग्ण भएको व्यक्तिले बाँच्न नचाहेर आत्महत्या गर्नलाग्दा दुई–चार कुरामात्र स्पष्ट उल्लेख नगरी फेहरिस्त नै तयार गरी भिडियो रेकर्ड छाडेर आत्महत्या गरेको ठान्नु कतिपय दृष्टिकोणबाट जटिल अनुसन्धानकै विषय हुन जान्छ । तर शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जसरी रवि लामिछाने लगायतलाई आत्महत्या दुरुत्साहनको कसुरमा अभियुक्त बनाइयो । यसबाट ‘सुसाइड नोट’मा आफ्नो अभिष्ट पूरा हुने हिसाबले तयार गर्न लगाई कुनै तेस्रो पक्षले कसैलाई मृत्युवरण गर्न बाध्यात्मक अवस्था सिर्जना गरी आत्महत्याको आवरण दिने खेल रच्न उत्प्रेरित गरेर आत्महत्या दुरुत्साहन कानुनको नाजायज लाभ लिन सक्नेतिर पनि सबै पक्षले सोच्न आवश्यक छ ।
– महेशप्रसाद ढुंगाना, नयाँवानेश्वर, काठमाडौं

प्रकाशित : भाद्र १३, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्

गोकर्णेश्वरमा यसरी सम्झिए दिवंगत बुवालाई

तस्बिर : अंगद ढकाल

काठमाडौँ — भाद्र कृष्ण औँशीका दिन बिहीबार बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । कुशे औँशीका दिन हिन्दू र बौद्ध धर्मावलम्बीले आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्ने चलन छ । बाबु जीवित हुने छोराछोरीले भने आज मीठामीठा कुरा खान एवं राम्रा कपडा लगाउन दिएर बुवाको मुख हेर्छन् ।

प्रकाशित : भाद्र १३, २०७६ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्