कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हामी कता जाँदै

विद्युतीय सवारी साधनले आम मानिससँगै हाम्रो सरकारलाई पनि आकर्षित गरेको छ  । आज विश्वभरि नै पेट्रोल, डिजेलको प्रयोगले सिर्जित प्रदूषणले आक्रान्त बनेको छ  ।

पेट्रोल, डिजेलको प्रयोगलाई कसरी कम गर्ने भनेर त्यसको थोरै प्रभाव हामीमा पनि देखापरेको छ । कहिले सम्मलाई हो, थाहा छैन । इतिहासतिर फर्केर यदि हेर्ने हो भने हामीले कहिल्यै कुनै पनि योजनाप्रति लगनशील भएर काम नै गरेनौं । अहिले बहसमा रहेको विद्युतीय सवारी साधन पनि पक्कै राम्रा छन् । तर यसको दिगो प्रयोगमा हाम्रो राज्य कति संवेदनशील छ त ? के साझा यातायातलाई ३ करोड दिँदैमा उपत्यकाबाट इन्धनका सवारी साधन विस्थापित हुन्छन् ? भोलिका दिनमा राज्यलाई प्रदूषित हुनबाट जोगाउने हो भने सडकको मर्मत–सम्भार हुनुपर्छ । दोस्रो, पर्याप्त चार्जिङ स्टेसन हुनु जरुरी छ । तेस्रो, विद्युतीय सवारी साधनमा केही समयका लागि सबै प्रकारका करमुक्त व्यवस्था आवश्यक हुन्छ । अन्यथा हाम्रो अवस्था जहाँको तहीं रहने निश्चित छ ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : भाद्र १२, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?