कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंगापुरबाट बैठक बेकार

प्रमुख प्रतिपक्षी दल कांग्रेस र नेकपाकै नेताले समेत प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषद बैठक सञ्चालन गरेको विषयमा प्रश्न उठाउनु स्वाभाविक छ  । यसमा डाटा सेक्युरिटी र सार्वभौमसत्ताको प्रश्न नआउने भन्ने छैन  ।

उपचारका लागि विदेश गएको मानिसलाई शारीरिक होस् या मानसिक, आरामको जरुरत पर्ने कुरा सबैले बुझ्छन् । मुलुकको कार्यकारी प्रमुख विदेशिँदा उनले गर्ने कामको लागि कार्यवाहकको व्यवस्था संसारको जहाँ पनि हुने गरेकै विषय हो । यहाँ पनि त्यो भएकै हो । अति गम्भीर विषयमा तत्काल निर्णय लिई हाल्नुपर्ने मुलुकको अवस्था पनि होइन । यस्तो परिस्थितिमा मन्त्रिपरिषदबाट कार्यविधि संशोधन गरी प्रविधिको प्रयोगबाट मन्त्रिपरिषद बैठक सञ्चालन गरेको दखाउनु मुलुकका लागि खटेर काम गरेको रहेछ भनेर देखाउन खोज्नु सिवाय अरु केही होइन ।
– महेशप्रसाद ढुंगाना, नयाँवानेश्वर, काठमाडौं

प्रकाशित : भाद्र १२, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?