कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्लटिङले उजाड काठमाडौं

‘न्याय नपाए गोर्खा जानू, धर्म नपाए काशी जानू’ भन्ने गरिन्थ्यो तर अहिले भन्ने गरिन्छ कि शिक्षा, स्वास्थ्य, रोजगारी र लगानी गर्ने वातावरण मिलाउन अन्यत्र अवसर नमिल्ने भएकाले काठमान्डु बेस  ।

प्लटिङले उजाड काठमाडौं

हुन पनि देशका विभिन्न भूभाग चाहे पहाड या तराई होस्, हरेक ठाउँका मानिसको अवसर र चुनौतीका लागि काठमाडौं एउटा गन्तव्यस्थलका रूपमा रहेको छ । पहाडका मानिसले रोपनी र तराईतिरकाले बिघौं बिघा जमिन बेचेर काठमाडौंमा तीन चार आना जग्गा किन्ने र मुस्किलले घर बनाउने होडबाजीले गर्दा आज हरेक मानिसको चाहना सहरमुखी भएको प्रस्ट हुन्छ । प्राकृतिक दोहनमा दलाल बिचौलियाहरूको हालीमुहाली हुन गई अहिले काठमाडौंका हरेक ठाउँका जग्गामा न कुला रहे न त कुलेसै अनि न खोलाको भाउ रह्यो न त करेसाको । जताततै प्लटिङ, हरियाली फाँट र उपत्यकाको नजिकका पहाड पनि सबै उजाड मरुभूमिजस्तो बनेका छन् । अनि वर्षायाममा खोला, कुला र खोल्साले पानीको बहावका लागि बाटो नपाई खोला किनारका बस्तीबस्तीमा कुध्न बाध्य छन् । तैपनि सबैलाई काठमाडौं स्वर्गजस्तो लागेको छ ।


जग्गाको भाउ आजको भोलि नै आनाको करिब दुई तीन लाख बढेको पत्तै हुँदैन । तैपनि जग्गा किनबेचको भिडभाडले सताइरहेको छ काठमाडौंलाई । अव्यवस्थित बस्ती विकास, साँघुरा सडक, वर्षामा हिलो, हिउँदमा धूलो र धूवाँ, सरकार हल्लाउने दलाल र बिचौलियाको मनोमानी, टोले डन र गुन्डाहरूको अखडा, जताततै मानिसको भिडभाड, मुख्य व्यवसाय नै जग्गाको प्लटिङ । सार्वजनिक जग्गा सखाप । प्राकृतिक स्रोत र साधन तहसनहस । यस कार्यलाई रोकी उपत्यकाको विनाश हुनबाट रोकियोस् ।
–खिमराज गिरी, काठमाडौं

प्रकाशित : भाद्र ८, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?