२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लाज लाग्यो

दोस्रो पृष्ठमा प्रकाशित ‘बदनामी कमाएर बाहिरिँदै खनियाँ’ शीर्षक पढ्दा दुःख लाग्यो  ।

त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थराज खनियाँ आफ्नो चारवर्षे कार्यकाल सकेर शुक्रबारदेखि बिदा लिँदै हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा बसेर विधि र प्रक्रियामा चल्नुपर्नेमा शक्तिकेन्द्रको आडमा जथाभावी गर्ने छुट कसैलाई हुँदैन र उहाँलाई पनि थिएन तर उहाँ पदमा रहँदा कुनै न कुनै विषयमा विवादमा मुछिइरहनुभयो । उहाँलाई लागेका मुख्य आरोपमा बौद्धिक चोरी, जग्गामा मनोमानी, मेडिकल सम्बन्धनका योजनाकार, ठगीका आरोपीलाई संरक्षण दिने नै प्रमुख हुन् । उहाँले गर्नै नहुने काम गरेर बदनामी कमाउनुभयो । उपकुलपतिले बौद्धिक जगत्लाई कसरी दुनियाँसामु उचो राख्ने र हाम्रो शिक्षालाई विश्वमा कसरी प्रतिस्पर्धी बनाउने भनी सोच्नुपर्ने थियो । यो प्राज्ञिक थलोलाई विचार र विमर्श, आपसी छलफल, सल्लाह र सुझावद्वारा सुसज्जित बनाउनतिर ध्यान दिनु भएको भए आज यसरी दुनियाँका अगाडि मुख छोपेर हिँड्नुपर्ने स्थिति सिर्जना हुने थिएन । त्रिभुवन विश्वविद्यालयलाई राम्रो र नराम्रो कस्तो बनाउने भन्ने जिम्मेवारी उपकुलपतिको कार्यशैलीमा भर पर्छ । उहाँले केही राम्रो काम गरेको दलिल पेस गरे पनि समग्रमा उहाँले बदनामी कमाएर जानुभयो । दलीय भागबन्डामा नियुक्त भएका यस्ता व्यक्तित्वबाट समाज र राष्ट्रले के अपेक्षा राख्ने ? जे भयो भयो, अब हुने उपकुलपति नियुक्ति गर्दा दलीय भागबन्डाका आधारमा नभई आपसी प्रतिस्पर्धाबाट इमानदार, योग्य र दक्षताका आधारमा विश्वविद्यालयलाई हाँक्न सक्ने व्यक्तित्व चयन हुनुपर्ने हो तर वर्तमान सत्ताधारीको रवैया त झनै निराशाजनक देखिएको छ ।
–उद्धव सापकोटा, [email protected]

प्रकाशित : भाद्र ८, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?