कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुध्रिन असम्भव

नेकपाको सचिवालय बैठकमा उच्च पदाधिकारीहरू कतिसम्म निम्नस्तरमा गिर्दा रहेछन् भन्ने छर्लङ्ग भयो  ।

यति घटिया स्तरको झगडा त हामी बच्चामा कट्टु लगाउन नजान्ने बेलामा पनि हुँदैनथ्यो । मैले बुझेसम्म कम्युनिस्टहरू तानाशाही भए पनि व्यवहारमा भने निकै सभ्य हुन्छन्, सालीन भाषाको प्रयोग गर्छन् भन्ने सुनेको थिएँ तर यस्तो देखिएन, यिनीहरू न कम्युनिस्ट हुन न प्रजातान्त्रिक । आम नेपालीले के सोच्न बाध्य भए भने संविधान नमान्ने पनि प्रधानमन्त्री, कानुनीराजको धज्जी उडाउने पनि प्रधानमन्त्री, जे पायो, त्यही बोलेर झुटको खेती गर्ने पनि प्रधानमन्त्री, दुष्ट व्यबहार देखाउने पनि प्रधानमन्त्री, भ्रष्टाचारीलाई बचाउने पनि प्रधानमन्त्री, राजा–महाराजाभन्दा सुखसुविधाको लालची पनि कम्युनिस्ट नेताहरू अनि कर्मचारी र जनता मात्रै शुद्ध कसरी हुने ?
–केदारनाथ त्रिपाठी, बुढानीलकण्ठ, काठमाडौं

प्रकाशित : भाद्र ८, २०७६ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?