२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

दाहालको सत्ता पल्टियो

पार्टी एकताको १५ महिनापछि अध्यक्षको जिम्मेवारी पाएका नेकपा अध्यक्ष पुष्पकमल दाहालको चुरीफुरी पहिलो दिनै बढेको छ  । उनले ओली नभएको मौकामा पार्टीगत सक्रियता निकै बढाएका छन्  ।

अघिल्लो दिन वरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्रीबीच भएको भनाभनका विषयलाई लिएर त्यसको भोलिपल्टै दाहालले नेपालाई फकाउने प्रयास गरे, जसमा नेपाले पनि सकारात्मक प्रतिक्रिया जनाए । ओली–नेपाल द्वन्द्वमा दाहाल मध्यस्तकर्ताको भूमिकामा देखिएका छन् । पार्टीभित्र अनुशासनको पालना नभएको भन्दै नेताहरूलाई अनुशासनमा रहन पनि निर्देश दिएका छन् । दाहाललाई जसरी हुन्छ, अब साढे तीन वर्षभित्रमै प्रधानमन्त्री बन्नु छ । ओलीले आफ्नो अनुपस्थितिमा उनलाई दिएको मौकामा चौका हानेर भोलिका लागि आफ्नो दुनो सोझ्याउने रणनीतिसाथ दाहालले सक्रियता देखाएका हुन्, स्वाभाविक पनि हो । आफूले कुनै भूमिका नपाएपछि पार्टी एकता नगरेको भए हुने रहेछ भन्ने मनस्थितिमा पुगेका उनका लागि यतिबेला सत्तै पल्टिएको अनुभूत भइरहेको हुन सक्छ । उनको मुहार हर्षित देखिन्छ । यही मौकामा उनले पहलकदमी चालेमा ओलीप्रति रुष्ट पूर्वएमाले खेमाकै अन्य नेतालाई पनि आफ्नो कोटामा तान्न सक्ने सम्भावना छ ।
–सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : भाद्र ८, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?