कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिनेमा हलमा राष्ट्रिय गानको पूर्वअनुभव

सिनेमा हलमा सिनेमा सुरु हुनुअघि राष्ट्रिय गान बजाउने र सबै दर्शकलाई त्यसको सम्मानमा उठ्न बाध्य पार्ने पञ्चायतकालमै असफल भइसकेको नीतिलाई अहिले फेरि ब्युँताइने भएको छ  ।

सिनेमा हलमा राष्ट्रिय गानको पूर्वअनुभव

पञ्चायतकालमा पनि चाहिनेभन्दा बढी र नक्कली राष्ट्रवाद प्रदर्शन गर्न सिनेमा हलमा तत्कालीन राष्ट्रिय गान ‘श्रीमान गम्भीर...’ प्रस्तुत गरिन्थ्यो र त्यतिखेर नउठ्ने दर्शकहरूलाई नजिकै सादा पोसाकमा रहेका सुरक्षाकर्मीहरूले अञ्चलाधीश कार्यालय वा प्रजिअ कार्यालयमा उभ्याउँथे । अधिकारीहरूले मौखिक खप्की सुनाउने वा कागजमा ‘आइन्दा त्यसो गर्ने छैन, राष्ट्रिय गान बज्दा उठ्नेछु’ भन्ने व्यहोरामा सही गराएर छाडिदिन्थे । पछि–पछि धेरैजसो दर्शक राष्ट्रिय गान प्रस्तुत भइसकेपछि मात्र हलभित्र पस्ने गर्न थाले । त्यसैले यो नीति प्रभावकारी नभएको देखेर सिनेमा सकिएपछि राष्ट्रिय गान बजाउने गरियो । त्यतिबेला सबै दर्शक स्वतः उठेर हल बाहिर जाने क्रममा हुन्थे । यसैलाई राष्ट्रिय गानको सम्मानमा उठेको अर्थ लगाएर पञ्चायती शासकहरू आत्मसन्तोष लिन्थे होलान् । अब फेरि त्यही क्रम दोहोरिने भएको छ । पञ्चायतलाई जस्तै मौजुदा व्यवस्थालाई पनि विभिन्न तरिकाले अलोकप्रिय बनाउँदै असफल तुल्याएर अनि सधैंका लागि अन्त्य गर्ने प्रपञ्चको एउटा कडी त होइन यो ?


जहाँसम्म झण्डा दिवसको कुरा छ, त्यसको पनि कुनै औचित्य छैन । किनकि चन्द्र–सूर्य अंकित हाम्रो राष्ट्रिय झण्डा संसारको सबैभन्दा प्राचीन राष्ट्रिय झण्डा हो । आकाशमा सूर्य र चन्द्र रहुन्जेल यो राष्ट्र अटल रहनेछ भन्ने अर्थ बोकेको झण्डालाई कुनै एउटा राजनीतिक दिवससँग गाँस्नु हाम्रो झण्डाको सम्मान होइन, अवमूल्यन हो । हाम्रो झण्डाप्रति हामी ३६५ दिन नै गौरवान्वित छौं । यसका लागि कुनै एउटा दिन तोकेर राजनीतिक पदमा आसिन पदाधिकारीहरूले झण्डाबारे उपदेश दिइरहनुपर्ने जरुरी छैन ।
– श्रीरामसिंह बस्नेत, वनस्थली, काठमाडौं

प्रकाशित : भाद्र ७, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?