गणमा मिल्दा जे पनि नहोस्

वस्तुको मूल्य बढेको बढ्यै नेतालाई स्याहारजीवनशैली नेताकै बढ्यो हामीलाई के छ र !

नेताको सङ्ख्या सरकारको सङ्ख्या बढेर भएन
यो देशको गति ओरालो झर्‍यो उकालो गएन ।
सिक्ने र गर्ने भए पो हुन्छ ! सिकाउने बोल्ने छन्
अल्छेको संस्कार बसाई यहाँ काम मात्रै
टोल्ने छन् ।


समाजको कुरा, राष्ट्रको कुरा, माटोचैं नछुने
राजनीति भन्ने के पेसा यस्तो घाटा नै नहुने !
आयातित वस्तु बढेका बढ्यै निर्यातमा युवा छन्
यो देश नयाँ बनाउने सधैं कुराका कुरा छन् ।
गाउँमा जंगल, जंगली जन्तु खेतबारी बाँझै छ
विदेशमा सन्तान बाआमा रुन्छन्, सहारा
खाँचै छ ।
गाउँबाट सहर विदेशको रहर सोचाइ नौलो छ
भएको चिज हराइकन खोजाई नौलो छ ।
जनतालाई झन् दुःख भयो, करमाथि करै छ
कतिन्जेल पाल्ने कसरी पाल्ने यी नेता ! डरै छ ।
दोषीको फुर्ती सर्वत्र भयो, निर्दोषी फँसेको
शनिको दशा यो देशमा सधैं किन हो बसेको !
अल्छी र जाली फटाहाजति मिल्छन् के मन्त्रमा ?
गणमा मिल्दा जे पनि नहोस्, यो गणतन्त्रमा ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

प्रकाशित : भाद्र ७, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?