मल्लकालमा नेपाल भाषा

शुक्रबार प्रकाशित ‘नाम के, भाषा खोइ’ शीर्षकको लेखमा नित्यानन्द मण्डलले ‘मल्लकालीन काठमाडौं उपत्यकामा मैथिली सरकारी कामकाजको भाषा थियो’ भनेर लेख्नुभएको छ, तर लेखकले कुनै उदाहरण भने दिनुभएन  ।

मल्लकालीन काठमाडौं उपत्यकामा नेपाल भाषा सरकारी कामकाजको भाषा थियो । नेपाल भाषामा लेखिएका त्यसबेलाका हजारौं तमसुक, दस्तावेज, हस्तलिखित ग्रन्थ, थ्यासफु तथा चिठीपत्र सार्वजनिक पुस्तकालय र निजी संग्रहमा हेर्न सकिन्छ । नेपाल भाषामा लेखिएका शिलापत्र र ताम्रपत्र उपत्यकामा जुनसुकै सम्पदा स्थलमा पाइन्छ । मल्ल राजाहरू बहुभाषिक साहित्यको शौखिन थिए र उनीहरूले मैथिली बाहेक संस्कृत र बंगालीमा पनि कविता, गीत र नाटक लेखेका छन् । नेपाल भाषामा त अवश्य हुने नै भयो । हनुमानढोका दरबारमा स्थापित अंग्रेजी र फ्रेन्चसहित १५ भाषा समावेश भएको शिलापत्र मल्ल राजाहरू बहुभाषिक साहित्यको शौखिन भएको अर्को उदाहरण हो ।
– के.आर. तुलाधर, काठमाडौं

प्रकाशित : भाद्र ७, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?