१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राजधानीमा पानी समस्या

हेर्दा सामान्य लाग्ने पानीको समस्या राजधानीमा विकराल बन्दैछ  । केही वर्ष अघिसम्म राजधानी काठमाडौंमा ढुङ्गेधारा, कुवा, इनारबाट सजिलै पानी आउँथ्यो  ।

अहिले राजधानीबासी बोरिङको पानीमा भरपर्नु परेको छ । डिप बोरिङको कारण पानीको सतह घट्दै गएको छ । जमिनमा पानीको सतह किन घट्यो भनेर सम्बन्धित निकायको ध्यान जानसकेको छैन । राजधानी केन्द्रित अव्यवस्तिथ घना बस्तीका कारण यो समस्या दिन–प्रतिदिन बढ्दै गएको छ ।परेको पानी जमिन तल जान पाउँदैन ।


जताततै ढलान, पिच भएको छ । परेको पानी सिधै खोलामा जान्छ, जमिन तल जान पाउँदैन । यस्तै अवस्था रहने हो भने एकदिन हामी काकाकुल काठमाडौं हुन बेर लाग्दैन । एक लिटर पानीको ३० रुपैयाँ तिर्नुपर्छ । आफ्नो देशमा प्रशस्त स्रोत भएको पानीको हालत त यो छ भने विदेशबाट आयात गर्ने पेट्रोलको सय रुपैयाँ तिर्नुपर्‍यो भने के ठूलो कुरा हो र ? काठमाडौंमा मेलम्चीको पानी ल्याउने भनेको पनि ४ दशक हुन लागिसक्यो, अहिलेसम्म आउने छाँट देखिँदैन । राजधानीको पानीको समस्या कहिले पूरा होला खै ?
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र ७, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?