३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

क्यान्सर अस्पतालको सङ्कट

यसमा कान्तिपुर राष्ट्रिय दैनिकको ध्यान पुगेको पाउँदा खुसी लाग्यो  ।

यसमा कान्तिपुर राष्ट्रिय दैनिकको ध्यान पुगेको पाउँदा खुसी लाग्यो । कान्तिपुरमा छापियो, ‘क्यान्सर अस्पतालमा दुई सञ्चालक समिति ।’


भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूले गरेका ज्यादती र अनियमितताले सीमा नाघेको थियो । उनीहरूले आफ्नो स्वार्थका लागि अस्पताललाई आवश्यक मेसिन र मेसिनरी पार्ट्स किन्न वर्षौर् ंलगाएका थिए । जबसम्म आफूहरूलाई कमिसन दिने र विदेश घुमाउने पार्टी भेटिँदैनथ्यो वा तयार हुँदैनथ्यो, अस्पतालमा अत्यावश्यक सामान खरिद हुँदैनथ्यो । अस्पताल होस् वा कुनै संस्थामा आवश्यक सामान खरिद गर्न वा कसैलाई ठेक्का दिन निम्नतम योग्यता वा गुणस्तर निर्धारण गरी टेन्डर आह्वान गर्ने सर्वव्यापी प्रक्रिया हो । तर नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्षको अध्यक्षतामा रहेको पूर्वव्यवस्थापन समितिले कहिल्यै त्यो प्रक्रिया आवश्यक ठानेन । सिटी स्क्यान मेसिन सञ्चालन होस् वा ल्याब सञ्चालन, फार्मेसी चलाउने होस् वा सफाइ मजदुर राख्ने मामिलामा बिनाटेन्डर ठूलो नाफा हुनेगरी आफ्नो र आफन्तहरूका कम्पनी र संस्थाहरूलाई पारिरहेको सत्य कतै लुकेको छैन । तिनीहरूका अनियमितता विरुद्ध भक्तपुरका सचेत जनताले यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएको तथ्य धेरैलाई थाहा नहोला । नेपाल अर्बुद रोग निवारण संस्थाका इमानदार व्यक्तित्वहरूले त्यस्ता भ्रष्ट र कमिसनखोरहरूलाई संस्थाबाट अविलम्ब निकाल्नुपर्छ ।


अस्पतालमा बिरामीले सकी–नसकी महँंगो शुल्क तिर्नु परिरहेको छ । तिरेको शुल्क वा रकमले अस्पताल विकासका लागि खर्च गरिएमा कुनै गुनासो पनि हुने थिएन । अस्पतालको करोडौं रुपैयाँ सिद्धिनेगरी अस्पताल व्यवस्थापन समितिका ती पूर्व पदाधिकारीहरूले अवलोकन भ्रमणका नाममा अनावश्यक रूपमा विभिन्न देशको सयर गरेका छन् । अस्पतालका कर्मचारी, चिकित्सक र नर्सहरूलाई नियमानुसार नियुक्ति, स्थायी र बढुवा नगरी व्यवस्थापनका पदाधिकारीहरूको चाकडी गर्न लगाउने र दासको रूपमा व्यवहार गर्ने गैरप्रजातान्त्रिक क्रियाकलाप हुँदै आएको थियो । भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेर वा व्यवस्थापन आफ्नो हातमा लिएर समयोचित कदम चालेको छ । भक्तपुर क्यान्सर अस्पताल कमिसनखोरहरूको हातबाट खोक्रो हुने सङ्कटबाट बँचेको छ ।
– संयोग क्षत्री, भक्तपुर

प्रकाशित : भाद्र ७, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?