२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तीज परम्परा कि विकृति ?

हिन्दु धर्म ग्रन्थहरूमा उल्लेख भए अनुसार हिन्दु नारीहरूको अत्यन्तै महत्त्वपूर्ण पर्व तीज नेपालीमाझ दिन–प्रतिदिन आलोचित बन्दै गइरहेको छ, किन ?

पछिल्लो समय पौराणिक मान्यताभन्दा पनि आपसी साथ र सहयोगको विम्बको रूपमा विकसित भएको तीजलाई किन, कसले आलोचित बनाइरहेका छन् ?


तीजमा महिला दिदीबहिनीहरू खुला रूपमा आफ्ना समस्या गीत र नृत्यका रूपमा पस्कने गर्छन् । तीजमा महिला दिदीबहिनीहरू आपसमा भेला भई नाचगान गर्दै दर खाने गर्छन् । यो सामाजिक र धार्मिक पद्धतिमा चलिआएको पर्व हो । हिजोआज निहित स्वार्थ बोकेकाहरू तीजलाई निरन्तरता दिनुपर्छ पनि भन्छन्, यसलाई भड्किलो रूपमा मनाउन पनि प्रेरित गर्छन् । पछि आफै त्यसको आलोचना गर्न थाल्छन् । आज हरेक टोल–टोलमा समूह–समूहमा दिदीबहिनीहरू एउटै पहिरनमा सजिएर तीज मनाइरहेका हुन्छन् । जनप्रतिनिधिहरूले समेत यो कार्यलाई प्रेरित गरिरहेका छन् ।


समाजमा तीजलाई परम्पराको संरक्षणभन्दा पनि विकृति बढ्यो भनी कटाक्ष गर्नेहरू पनि छन् । तीजलाई सहरी दृष्टिकोणले मात्र नहेरौं । आज पनि देशका दूरदराजमा तीजलाई प्रतीक्षा गरेर बस्ने दिदीबहिनी र तीजकै दर खाने भनेर दिदीबहिनीहरूलाई माइती बोलाउने दाजुभाइको ठूलो समूह छ । तीज एउटा परम्परा पनि हो र महिला दिदीबहिनीहरूको विरह पोख्ने थलो पनि ।
– रामकृष्ण बराल, जोरपाटी–२, काठमाडौं

प्रकाशित : भाद्र ६, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?